हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

नेपाल रेडक्रसमा तदर्थ समिति : संकट समाधानको सुरुआत कि अस्थायी स्थिरता?

झापा, साउन १४ । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले मंगलबार पदभार ग्रहण गरेको छ।

Advertisement

नेपाल सरकारले साउन ९ गते समाज कल्याण ऐन, २०४९ को दफा २० को उपदफा (२) अनुसार गठित नौ सदस्यीय तदर्थ समितिले नेरेसोको केन्द्रीय कार्यालय, कालिमाटीमा पदभार ग्रहण गरेको हो।

Advertisement

बिनोद कुमार शर्माको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मिन बहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ तथा सदस्यमा प्रा.डा. हरिदर्शन श्रेष्ठ, सूर्य कुमारी श्रेष्ठ, कान्ति राजभण्डारी, डा. गंगाधर अधिकारी र हेमराज ओझा रहेका छन्।

पदभार ग्रहण कार्यक्रमपछि अध्यक्ष शर्माले तीन महिनाभित्र विधान संशोधनसहित नयाँ कार्य समिति गठन गर्ने जिम्मेवारी सरकारबाट आएको उल्लेख गर्दै त्यसअनुसार काम अघि बढाइने बताए। ‘सरोकारवाला सबैको विश्वास जित्दै तोकिएको समयसीमा भित्र जिम्मेवारी पूरा गर्छौं,’ उनले भने।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले समितिलाई शपथ गराउँदै नेपाल रेडक्रसलाई सबैको साझा संस्था भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था सुदृढ बनाउन आग्रह गरे।

नेपाल सरकारको तदर्थ समिति गठनपछि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) तथा अनुपालन तथा मध्यस्थता समिति (CMC) ले पत्रचार गर्दै खुशी व्यक्त गरेको र समिति तोकिएको जिम्मेवारीअनुसार काम गर्न अपेक्षा गरिएको बताइएको छ।

तदर्थ समितिलाई रेडक्रस कर्मचारीहरूले स्वागत गर्दै संस्थाको वर्तमान अवस्था, संरचना र चुनौतीबारे जानकारी गराएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)