हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाली कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउ :कांग्रेसका नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुरको ध्यानाकर्षण गराउँदै पार्टी केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउन आग्रह गरेका छन् ।

Advertisement

उनले सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा सहमतिबाट मात्रै पार्टी निर्णय लिन आग्रह गरेका छन् ।

Advertisement

“१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो,” उनले ध्यानाकर्षण गराउँदै भनेका छन्,“यो जिम्मेवारी निर्वाह गर्न तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ । बृहत् एकतानै आजको अपरिहार्य र प्रथम आवश्यकता हो । त्यसैले पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउनका लागि पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नको लागि पार्टी सभापतिको रुपमा पहलकदमी लिन पुनः आग्रह गर्दछु ।”

उनले भनेका छन्– “पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्परा विपरीत त छ नै, सार्थ आजको विषम् परिस्थितिमा पार्टी र लोकतन्त्रको हित विपरीत पनि छ । पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन ।”

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)