झापा । नेपाली कांग्रेसभित्र जारी असहमति अन्त्य गर्ने प्रयासस्वरूप पार्टी संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच वार्ता समिति गठन गरिएको छ।
संस्थापन समूहको तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक समितिमा सदस्य रहेका छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य छन्।
यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गर्दै दुई समूहबीच संवादको वातावरण बनाउन वार्ता समिति गठनको प्रस्ताव गरेका थिए। त्यसपछि उनले सभापति शेरबहादुर देउवालाई पनि यसबारे जानकारी गराएका थिए।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति देउवासहित संस्थापन समूहले त्यसलाई रोक्न खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।
सोहीअनुसार आइतबार विशेष महाधिवेशन उद्घाटन भएको थियो। सोमबारको बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव समेत पेस गरिएको छ।
बहुमत सदस्य विशेष महाधिवेशनको पक्षमा रहेको अवस्था स्पष्ट भएपछि संस्थापन समूह वार्ताका लागि तयार भएको बताइन्छ।
आजसम्म सञ्चालन हुने भनिएको विशेष महाधिवेशन भोलिसम्मका लागि लम्ब्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार