समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

नेपाली सेनाको अरिदमन गण चारआलीद्वारा झापामा बाढी प्रभावित relief कार्य

झापा, असोज २३: नेपाली सेनाको अरिदमन गण चारआलीले झापाको झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ।

गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते सेना बाढीमा फसेका जनतालाई उद्धार गर्न र राहत सामग्री वितरणमा खटिएको थियो। यस कार्यका लागि स्थानीय तहले पनि प्रशंसा व्यक्त गरेको छ।

विज्ञापन (Advertisement)Advertisement

अरिदमन गणले उद्धार तथा राहत वितरणसँगै नर्सिङ अर्दलीमार्फत झापा गाउँपालिका १ र २ वडाका डुबानपीडितलाई मेडिकल टिमद्वारा औषधि उपलब्ध गराएर स्वास्थ्य सुरक्षा सुनिश्चित गरेको छ। उक्त अवसरमा २५० भन्दा बढी व्यक्तिको स्वास्थ्य जाँच गरिएको थियो र आवश्यक औषधि वितरण पनि गरिएको थियो।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाका अनुसार, विपद्–कालमा सेनाको भूमिका अत्यन्तै स्वागतयोग्य रहेको छ। स्थानीयहरूले राहत वितरणदेखि स्वास्थ्य परीक्षणसम्म सेनाले पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन्।

सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, झापा गाउँपालिका रेडक्रस लगायत संघसंस्थाहरूले पनि बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए।

नेपाली सेनाले बाढीमा फसेका १०७ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ भने राहत सामग्री ढुवानी गर्ने कार्यमा पनि अरिदमन गण चारआलीको महत्वपूर्ण योगदान रहेको नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकालले बताए।

अहिलेसम्म १००२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने झापा गाउँपालिकाले सङ्कलन गरेको पीडितहरू को संख्या ३४ सय परिवारभन्दा माथि रहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)