हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पहिलेको भन्दा राम्रो मत ल्याउने कुरामा अशावादी रहेकाे छु : रवी लामिछाने

हल्दिवारी ,२० चैत ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनकम लागि मनाेनयन दर्ता गर्दै आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने कुरामा आफू अशावादी रहेकाे बताएका छन् ।

Advertisement

आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता पश्चात लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।

Advertisement

मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भएपछि २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)