हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन् हेर्नुहोस आजको राशीफल (२२ फाल्गुन २०७९)

आज  २२ फाल्गुण २०७९ सोमवारको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सेवा गर्ने अवसर जुट्न सक्छ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धन हात पार्न पनि सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज साथीभाइसँग रमाइलो गरि दिन बित्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)