हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन् हेर्नुहोस आजको राशीफल (२९ फाल्गुन २०७९)

आज  २९ फाल्गुण २०७९ सोमवारको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नजिकका व्यक्ति टाडिनसक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । आहार विहार प्रति सजगता पनि अपनाउनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रणयसम्बन्ध अघि बढ्ने समय रहेको छ । कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु नै उचित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घरमा शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा चमक र मन प्रसन्न रहला । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)