हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पूर्व बालसेनाको व्यवस्थापन तथा अधिकारलाई सुनिश्चित गर्न कार्यदल बनाएर अगाडि बढ्न सुझाव

काठमाडौँ। २०६६ सालदेखि अधिकार प्राप्तिका लागि संघर्षरत पूर्व बालसेनालाई आफ्ना माग सम्बोधन गर्नको लागि सरकारी प्रतिनिधिसहितको कार्यदल बनाएर अगाडि बढ्न सरोकारवालले सुझाव दिएका छन्।

Advertisement

पूर्व बालसेना नेपाल केन्द्रीय संघर्ष समितिले राजधानीको बागबजार स्थित होटेल हार्दिकमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता रामनारायण बिडारीले संक्रमणकालिन न्यायका बारेमा आफू गम्भीर रहेको बताए।

Advertisement

उनले पूर्व बालसेनाको व्यवस्थापन तथा अधिकारलाई सुनिश्चित गर्न सरकारी प्रतिनिधिसहितको कार्यदल खडा गरेर समस्या समाधान गर्न आफू तयार रहेको बताए।

उनले भने, ‘सत्यनिरुपणको काममा हामी धेरै पछि परेका छौं। बृहत शान्ति सम्झौता भएकै यतिका वर्ष भयो। तर, पूर्व बालसेनाको संरक्षण एवं सुरक्षा दिन सकिएको छैन। यस विषयलाई समाधान गर्नको लागि एउटा शक्तिशालि कार्यदल बनाएर समस्या समाधान तर्फ लागौं।’

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले १८ वर्षमुनिका बालबालिकालाई युद्धमा प्रयोग गर्ने कार्य अपराध हुने बताउँदै पूर्ब बालसेनालाई आफ्नो अधिकारको लागि कानून अनूसार कारबाहीको माग गर्न आग्रह गरे। अधिबक्ता एवं स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले राजनीतिक दलको नेतृत्वले धोका दिएको भन्दै आक्रोश पाखेका थिए।

उनले भनेका छन्,‘यहाँ मिल्नुपर्ने जति मिलिसकेका छन्। अक्षरमा समाधान भइसक्यो। वास्तविक पीडामा रहेका र पछि पारिएका मानिसहरूको लागि राजनीतिक दलका नेताहरू मिल्न र सहमति गर्न चाहदैनन्।’

संघर्ष समितिका अध्यक्ष असिम लिम्बको अध्यक्षतामा सम्पन्न ‘संक्रमणकालिन न्यायमा बालसेनको मुद्धा र राजनीतिक दृष्टिकोण’ विषयकमा आन्तरक्रियामा अधिकांश सहभागिहरूले बालसेनाका समस्यालाई समाधान गर्न अति ढिलो भएको भन्दै आक्रोश पोखेका छन्।

प्रा.पुण्य प्रसाद आचार्यको प्रस्तावमा कार्यदल बनाएर अगाडि बढ्ने कुरामा ऐक्यवद्धता जनाउँदै उनीहरूले अयोग्यताको बिल्ला भिराएर आत्मसम्मानमाथि प्रहार गरिएको बताउँदै राज्यले आफ्ना मागहरू तत्काल सम्बोधन नगरे गम्भीर अवस्था र्सिजना हुने चेतावनी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)