हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पोखरा विमानस्थलमा ठुलो भ्रष्टाचार पुष्टि, अख्तियारमा सिफारिस — सांसद लिङ्देल

झापा , २०८२ जेष्ठ ७ ।संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ठूला अनियमितता र भ्रष्टाचारबारे अध्ययन प्रतिवेदन पारित गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ।

Advertisement

उक्त प्रतिवेदन संसद सदस्य राजेन्द्र लिङ्देलको संयोजकत्वमा गठन गरिएको अध्ययन अनुगमन उपसमितिले तयार पारेको हो। सांसद लिङ्देलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै अध्ययन उपसमितिको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताएका छन्।

Advertisement

प्रमुख निष्कर्षहरू यसप्रकार छन्:

– ठेक्का प्रक्रियाको सुरुवातमै अनियमितता र भ्रष्टाचार

– निर्माण कार्यमा आर्थिक तथा प्राविधिक स्तरमा गम्भीर त्रुटि

– ठेक्का सम्झौताविपरीत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबरको कर छुटमा अनियमितता

– सम्पूर्ण निर्माण अवधिभर भएका अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने

सांसद लिङ्देलले प्रतिवेदन पारित भएपछि लेखा समितिले केही भाषिक सुधारसहित प्रतिवेदन अनुमोदन गरी सम्बन्धित निकायमा कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। उनले अनुसन्धानमा साथ दिने सबै माननीय सदस्य तथा सरोकारवाला प्रति आभार पनि प्रकट गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)