हल्दीबारी (झापा) — प्याब्सन हल्दीबारीको आयोजनामा भएको अन्तर–विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मंसिर ६ गते भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीको उत्साह, विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धा र अभिभावक–शिक्षकको उल्लेखनीय उपस्थिति बीच सम्पन्न प्रतियोगिता पाँच दिनसम्म जारी थियो।
समापन कार्यक्रम प्याब्सन हल्दीबारी अध्यक्ष यामनाथ दंगालको अध्यक्षतामा आयोजित भएको थियो। कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष देवीबहादुर थापालगायतका अतिथिहरूले प्रतियोगिताले विद्यार्थीमा अनुशासन, नेतृत्व र टोलीभावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य खेलकुद संयोजक नितिश खरेलले राखेका थिए भने सहजीकरण योगेश कार्कीले गरेका थिए। समापन कार्यक्रममा वडा सदस्य प्रकाश कार्की, गणेश मगर, विष्णु प्रसाद राई, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्तिक २८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विभिन्न विधाका विजेता खेलाडीहरूलाई प्रमुख अतिथिद्वारा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताका नतिजा
छात्रा भलिबल
1. गोल्धाप सनसाइन
2. चिल्ड्रेन गार्डेन एकेडेमी
3. क्यानरी एकेडेमी
छात्रा कबड्डी
1. जसोदा
2. क्यानरी एकेडेमी
3. सिग्मा इङ्गलिश स्कुल
एथलेटिक्स (छात्रा)
100 मिटर
1. जसोदा
2. सम्सकारा
3. सिग्मा
200 मिटर
1. जसोदा
2. कृष्णसागर
3. चिल्ड्रेन एकेडेमी
400 मिटर
1. सम्सकारा
2. सिग्मा
3. क्यानरी
800 मिटर
1. सिग्मा
2. जसोदा
3. गोल्धाप सनसाइन
1500 मिटर
1. सिग्मा
2. कृष्णसागर
3. जसोदा
Relay 1×400 (Girls)
1. कृष्णसागर
2. सिग्मा
3. जसोदा
Relay 4×400 (Girls)
1. कृष्णसागर
2. गोल्धाप सनसाइन
3. जसोदा
एथलेटिक्स (छात्र)
100 मिटर
1. जसोदा
2. सिग्मा
3. कृष्णसागर
200 मिटर
1. जसोदा
2. सिग्मा
3. क्यानरी
400 मिटर
1. सिग्मा
2. क्यानरी
3. चिल्ड्रेन गार्डेन
800 मिटर
1. सिग्मा
2. चिल्ड्रेन गार्डेन
3. जसोदा
1500 मिटर
1. सिग्मा
2. कृष्णसागर
3. जसोदा
Relay 1×400 (Boys)
1. सिग्मा
2. जसोदा
3. चिल्ड्रेन गार्डेन
Relay 4×400 (Boys)
1. सिग्मा
2. चिल्ड्रेन
3. जसोदा
अन्य खेल परिणाम
Long Jump (Boys)
1. सिग्मा
2. जसोदा
3. कृष्णसागर
High Jump (Boys)
1. सिग्मा
2. क्यानरी
3. कृष्णसागर
Javelin Throw (Boys)
1. सिग्मा
2. क्यानरी
3. जसोदा
Shot Put (Boys)
1. सिग्मा
2. क्यानरी
3. जसोदा
छात्रा (Girls) — अन्य विधा
Long Jump
1. सम्सकारा
2. कृष्णसागर
3. क्यानरी
Javelin Throw
1. सम्सकारा
2. क्यानरी
3. जसोदा
Shot Put
1. जसोदा
2. चिल्ड्रेन गार्डेन
3. क्यानरी
Under-12 Football
1. न्यू स्टार इङ्गलिश स्कूल
2. चिल्ड्रेन गार्डेन
3. सम्सकारा
छात्र भलिबल
1. चिल्ड्रेन गार्डेन
2. गोल्धाप सनसाइन
3. सम्सकारा
छात्र कबड्डी
1. सिग्मा
2. गोल्धाप सनसाइन
3. चिल्ड्रेन गार्डेन
क्रिकेट
1. चिल्ड्रेन गार्डेन
2. सिग्मा
कार्यक्रमले स्थानीय तहमा खेलकुदप्रतिको चासो बढाउनुका साथै विद्यालयबीच आपसी सम्बन्ध र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको आयोजकको भनाइ छ। प्याब्सन हल्दीबारीले आगामी वर्षहरूमा थप व्यवस्थित र दीर्घकालीन खेलकुद योजना ल्याउने तयारी गरेको जनाएको छ ।

















