समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ सुरु


भक्तपुर, माघ १२ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ प्रयोग हुने मतपत्र छपाइको कार्य सुरु भएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा आजदेखि मतपत्र छपाइ औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न गर्न निर्वाचन आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

विज्ञापन (Advertisement)Advertisement

आयोगका अनुसार मतपत्र छपाइ कार्य उच्च सुरक्षाका बीच अघि बढाइएको छ। छपाइ अवधिभर आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने व्यवस्था गरिएको छ। मतपत्रको गोपनीयता र विश्वसनीयता कायम राख्न सबै आवश्यक मापदण्ड अपनाइएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले छपाइ कार्य तोकिएको कार्यतालिकाअनुसार सम्पन्न गरिने र त्यसपछि क्रमशः वितरण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।


तस्बिर : प्रदीपराज वन्त / निर्वाचन आयोग

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)