हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट दमकमा सुरु हुँदै

हल्दिबारी, बैशाख १४ । झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

Advertisement

प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

Advertisement

प्रतियोगिताको विजेता टिमले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने वाग्लेले जानकारी दिए । नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ ।

त्यस्तै, सबै विधाका खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।

प्रतियोगितामा कोसी प्रदेशसहित सातवटा प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताका लागि बोर्डले नगद २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)