प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । पर्सी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ ।

पछिल्ला घटनाक्रमले राजनीतिक माहोल तातिरहेका बेला बोलाइएको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ । विदाका दिन आकस्मिक बैठक बोलाएपछि यसलाई महत्वका साथ हेरिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा विश्वासको मत दिन गरेको आग्रह विपक्षी दलहरुले इन्कार गरेपछि अबको रणनीति, सरकारको कार्यदिशा लगायत विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार