हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रबासी नेपाली संगठन गुजरातको अध्यक्षमा बिक्रम

हल्दिबारी न्यूज डेक्स , बिर्तामोड (झापा)असोज १३/नेपाली नागरिक पार्टीको प्रबास संगठन ब्रबासी नेपाली स़गठन सुरज सिटी (गुजरात)को प्रथम बैठक “प्रबासमा हुने सबै खाले शोषण,दमन र भेदभावको अन्त्य गरौ”भन्ने नाराका साथ सम्पन्न भयो।

Advertisement

सो बैठकले प्रबासी नेपाली संगठन गुजरात सिटी कमिटीको अध्यक्षमा बिक्रम भट्टराईलाई मनोनयन गरेको छ। भर्चुलमा भएको उक्त बैठकको उदघाटन गर्दै नेपाली नागरिक पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले देशमा ब्याप्त भ्रष्टाचार,शोषण दमन,हिंसा र बर्गिय भेदभाबका विरुद्ध देश बाहिर रहेका नेपाली हरुबाट भण्डाफोर गर्दै सनातन हिन्दूराष्ट्र नेपालको निर्माणमा बिदेशमा छरिएर रहेका नेपालीहरुको ऐक्यबध्दता आबश्यक रहेको बताए।

Advertisement

उक्त भर्चुल बैठकमा पश्चिम बंगालबाट योग्यमाया ढुंगाना,असमबाट डम्बर दाहाल,पुरानी दिल्लीबाट रमेश छेत्री,बेंगलोरबाट कुमार बिक,लगायतका संगठन प्रतिनिधिको सहभागिता रहेको थियो ।बैठकमा पार्टी प्रबक्ता देवेन्द्रकिशोर ढुंगानाले प्रबासमा रहेका नेपालीहरुको अबस्था त्यसको समस्या र समाधान बिषयमा कार्यपत्र पेश गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)