हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रहरीले गरायो सैयौँ पटक उठबस, पिडा सहन नसकेर केही घण्टामा नै युवकको मृ त्यु

काठामडौँ । कोरोनाले विश्वकै जनजीवन प्रभावित पाररिहेका बेला कतिपयले पाएको चोट बिर्सीसाध्यको छैन । जसको एएटा उदाहरण हो फिलिपिन्सको उठबस प्रकरण ।

Advertisement

कोरोना नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृ त्यु भएको उनको परिवारले जनाएको छ। बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए।

Advertisement

दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृ त्यु भयो।कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ।

कोरोना विश्वव्यापी महामा रीः कहाँ कति सङ्क्रमण, कति मृत्यु अन्तर्क्रियात्मक नक्सोरुघाले शरीरबाट कोरोना लाई यसरी गलहत्याइदिन्छ जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्। तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्।

पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृ त्यु भएको जानकारी फेसबुकबाट दिएका थिए। उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १०० पटकसम्म उठबस गर्न लगाएको थियो। उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्‍याउनुपर्ने आदेश दिइएको थियो।

त्यसैले उक्त समूहका सबै जना ३०० पटक उठबस गर्न उठबस गर्न बाध्य भएको बताइएको छ। पेनारेडोन्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए। सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यमलाई पेनारेडोन्डो शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरेको बताइन्।

दिनभरि उनलाई हिँड्न असहज भइरहेको थियो र उनी बामे सरिरहेका थिए। तर उनले यो सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै गम्भीर रूपमा लिइनँ, रेचेलिन बाल्सले भनिन्। त्यसको भोलिपल्ट उनी अ चेत भएर ल डे र केही समयमा सास फेर्न छाडे।बाल्सले उनको सास फर्काउन छिमेकीहरूसँग सहयोग मागिन्। तर केही समयमै उनको मृ त्यु भइसकेको थियो। बिबिसी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)