झापा । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान आवश्यक परेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी टोली बिहानैदेखि उनको निवास वरिपरि तैनाथ रहेको पारिवारिक स्रोतले जनाएको छ। करिब बिहान ६ बजेदेखि प्रहरी खटिएको र पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रसाईंलाई ४ फागुनमा काठमाडौंबाट पक्राउ गरिएको थियो। पछि उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १३ फागुनमा उनलाई रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।
प्रहरीले यसपटकको पक्राउबारे थप विवरण सार्वजनिक गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार