हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

Advertisement

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

Advertisement

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ६४९ पुगेको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २२ लाख ६ हजार ३४८ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)