हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालुवाटारमा गठबन्धन दलको बैठक सुरु

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् ।

Advertisement

भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् । सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)