हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिर्तामोड नगरपालिकाको पाॅचौ नगरसभा सम्पन्न

कृष्ण पोखरेल  / बिर्तामोड –   बिर्तामोड नगरपालिकाको पाॅचौ नगरसभा सम्पन्न भएको छ आषाढ १०गते नीति तथा कार्यक्रम पेश गरि शुरू गरिएको नगर सभा को आज सभा बसी बजेट सार्वजनिक गरिएको छ।

Advertisement

नगर सभाले प्रस्तावित १अरब १५ करोड ४लाख ८८हजार आय तथा ब्यय हुने गरिको बजेट पारित गरेको छ।चालु खर्च ३९ करोड ८१ लाख ८६ हजार पूजीगत तर्फ ५८करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा तर्फको खर्च १करोड हाराहारी रहेको छ।

Advertisement

आषाढ २८ गते सम्पन्न नगर सभामा बिर्तामोड नगरपालीका का १० वटै वडा अध्यक्ष हरूले पाएको प्रत्येक वडाको सिलिङ रकम १ करोड तथा नगर बाट अलग ६५ लाख भन्दा बढीका बिकास योजना हरू प्रस्तुत गरेका थिए।यसैगरि नगरसभामा बिभिन्न बिषयगत समितिले आफुले आ व ०७६/०७७ मा गरेका निर्णय र काम कारवाहीका बारेमा प्रतिवेदन पेश गरेका थिए। बिर्तामोड न पा ले प्रत्येक वडालाई १करोड सिलिङ र शहरि क्षेत्रमा थप रकम लागत साझादारीमा बिनियोजन गर्दै आएको छ।यसकार्यलाई यो बर्ष पनि निरन्तर दिएको देखिन्छ।

उक्त नगरसभा नगर प्रमुख ध्रुव कुमार शिवाकोटी को अध्यक्षतामा उप प्रमुख पवित्रा महताराले उक्त नीति कार्यक्रम प्रस्तुत गरेकि थिईन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)