झापा, फागुन ९ – झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे ले बिर्तामोड वडा नं. १ र ६ मा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ।
एमाले क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्की को नेतृत्वमा भएको टोलीस्तरीय घरदैलो बिहान ७ बजेदेखि १२:३० बजेसम्म वडा नं. ६ र दिउँसो १ बजेदेखि वडा नं. १ मा गरिएको थियो।
उक्त कार्यक्रममा उम्मेदवार घिमिरे स्वयं उपस्थित भई मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। वडा नं. १ मा वडा कमिटी अध्यक्ष सुनिल सिवाकोटी ले सहजीकरण गर्नुभएको घरदैलो कोषभामा घिमिरेले जनतासँग मुलुकको भौतिक विकास र आवश्यक ऐन नियम बनाउने प्रतिबद्धता साझा गर्नुभयो।
उहाँले भने, “पाँच वर्षका लागि निर्वाचित भएर कार्यकालभरि थालिएका योजना पूरा गर्न हठात् संसद विघटन भइ निर्वाचनमा आउनु परेको हो। अधुरा काम पूरा गर्न पुनः मत माग्दै विजय बनाइदिन जनताको आग्रह गर्दछु।”
एमालेका स्थानीय नेता र कार्यकर्ताको सक्रिय सहभागितामा सम्पन्न उक्त घरदैलोले क्षेत्रीय निर्वाचन अभियानलाई गति दिएको एमालेका नेता बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार