समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिर्तामोड १० काङ्ग्रेस सभापति राप्रपामा प्रवेश

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोडका वडा सभापति मदन गुरूङ सहित दर्जनौँ नेता–कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्।

आज आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले सदस्यता वितरण गर्दै फुलमाला सहित पार्टीमा स्वागत गरेका थिए।

विज्ञापन (Advertisement)Advertisement

पार्टी प्रवेश गर्नेमध्ये कांग्रेसका क्षेत्रीय सदस्य छविराम आचार्य, क्रियाशील सदस्यहरू भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भिम थापा, कुमार गुरूङलगायत स्थानीय नेता–कार्यकर्ताहरू छन्।

राप्रपामा प्रवेश गरेका नेता–कार्यकर्ताहरूले अब स्थानीय राजनीतिको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने पार्टीले उनीहरूको आगमनले संगठन अझ सक्षम र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)