समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिर्तामोडमा जेन–जी आन्दोलनका बेला लुटिएको इन्सास राइफल फेला

झापा, कात्तिक १९ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको सिमल–तरुलको झाडीभित्र वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ।

प्रहरीले दिएको जानकारी अनुसार, आज बुधबार साँझ करिब ४:४५ बजे ‘०३११००८७२’ नम्बरको इन्सास हतियार, सोही हतियारको म्याग्जिन एक थान, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली सहित फेला परेको हो।

विज्ञापन (Advertisement)Advertisement

उक्त हतियार २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको भएको खुलेको छ। बरामद गरिएको हतियार अहिले इलाका प्रहरी कार्यालय अनारमनिमा सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडबाट लुटिएका कुल हतियारमध्ये हालसम्म २२ नाल अझै फेला पर्न बाँकी छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)