हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

भद्रपुर-७, डाँफेचोकबाट लागु औषध सहित तीन जना पक्राउ

झापा, २०८२ साउन ६ गते । झापा जिल्ला भद्रपुर नगरपालिका–७ डाँफेचोकमा लागु औषधसहित तीन जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

आज बिहान करिब ८:०० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रनि लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा डाँफेचोकस्थित सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चेकजाँच गरेको थियो।

Advertisement

जिल्ला नुवाकोट तादी गाउँपालिका–६ निवासी ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीया शशी खत्री र भद्रपुर नगरपालिका–७ निवासी ३० वर्षीय सुनिल चापागाईंलाई चेकजाँच गर्दा उनीहरूले बोकेको कालो झोलाभित्र प्लास्टिकको पोका बनाई लुकाई ल्याइएको लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ ३७ ग्राम ४९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागु औषधसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ।

प्रहरीका अनुसार लागु औषध सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)