झापा, भद्रपुर । मंसिर ६ गते साँझ ४ बजे तिर भद्रपुर नगरपालिका–५ मेचिपुल क्षेत्रबाट खटिएको वप्रका भद्रपुरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका एक युवकलाई शंकास्पद गतिविधिका आधारमा रोकजाँच गरेको थियो।
जाँचका क्रममा झापा मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्माले मलद्वारभित्र प्लास्टिकका ७ वटा पोका पारेर लुकाइ ल्याइरहेको ब्राउन सुगर जस्तो देखिने ६ ग्राम ७७० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई घटनास्थलमै नियन्त्रणमा लिएर वप्रका भद्रपुरमा राखी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। थप कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
+1
+1

















