समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

भारतको शालबारी गाउँमा हात्ती देखेर महिलाको हृदयघातबाट मृत्यु

एजेन्सी । भारतको मेटेली ब्लक, बिधाननगर गाउँपालिकाको शालबारी गाउँमा सोमबार बिहान एक गृहिणीको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार, महिला घरको अगाडिको सडकमा अचानक दुई हात्ती देखेपछि डरले बेहोस भइ हृदयघातको शिकार भएकी हुन्।

मृतक लिपिका राय (२७) आफ्नै घर अगाडि थिइन्। उनको आफन्त मुन्मुन रायले बताइन् कि हात्ती देख्दा लिपिका डरले भुईँमा लडेकी थिइन्। उनलाई तुरुन्तै माल सुपर स्पेशियलिटी अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे।

विज्ञापन (Advertisement)Advertisement

वन्यजन्तु बोर्डका सदस्य तथा नगराकाटा निर्वाचन क्षेत्रका पूर्व सांसद जोसेफ मुन्डाले बताए अनुसार, खरिया बाँदर जंगलबाट नेवरा जंगलतर्फ जाँदै गर्दा दुई हात्ती गाउँभित्र प्रवेश गरेका थिए। उनले परिवारले सरकारी नियम अनुसार क्षतिपूर्ति पाउनु पर्ने उल्लेख पनि गरेका छन्।

पुलिसका अनुसार पोस्टमार्टम पश्चात सबलाई परिवारको जिम्मा लगाइएको छ। मृतक रायको पाँच महिनाको बच्चा समेत रहेको र त्यस घटनाले सम्पूर्ण गाउँ नै शोकमा डुबेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)