हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतमा ३३ सय नयाँ संक्रमित थप, ४० जनाको मृत्यु, सबैभन्दा धेरै दिल्लीमा

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४० जनाको मृत्यु भएको छ । त्यस्तै देशभर २८ सय संक्रमित निको भएका छन् ।

Advertisement

कोरोनाको चौथो लहरमा सबैभन्दा धेरै केसहरू दिल्लीका छन्। दिल्लीमा १५२० नयाँ केसहरू दर्ता भएका हुन्। सक्रिय केस अर्थात् उपचार गराइरहेका बिरामीको संख्या पनि १९,०९२ पुगेको छ ।

Advertisement

दिल्लीमा उच्चतम सकारात्मकता दर-१०.५ रेकर्ड गरिएको छ । दिल्लीमा १ जनाको मात्र मृत्यु भएको थियो । दिल्लीमा सक्रिय बिरामीहरूको संख्या बढेर ६७१६ पुगेको जनाइएको छ, जुन फेब्रुअरी ९ पछिको सबैभन्दा उच्च हो।

यसैगरी, महाराष्ट्रमा १६६ नयाँ संक्रमित थपिएका छन् । यहाँ ९९८ सक्रिय केसहरू र सकारात्मकत दर १५ छ। मुम्बईमा सबैभन्दा बढी ९४ संक्रमित दर्ता भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)