हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने भएको छ। ३० डिसेम्बरमा भएको दुर्घटना पश्चात उनी हाल देहरादुनको मैक्स अस्पतालमा उपचाररत छन्। खेल चिकित्सकहरुका अनुसार पन्त करीब ६ महिनासम्म खेल मैदानमा देखिने छैनन्। पन्तलाई टाउको, पीठ्यु, खुट्टा र घुडामा चोट लागेको छ।

Advertisement

‘एक्स-रे’ र ‘सीटी स्क्यान’ गर्दा उनीलाई केही टुटफुट नभएको तर टाउको, पीठ्यु, खुट्टा र घुडाको चोट राम्रो हुन २ देखि ६ महिनासम्म लाग्न सक्ने खेल चिकित्सकहरुले जनाएका छन्। २५ वर्षिय पन्तको कार सडकमा राखिएको डिवाइडरसँग ठोक्किदाँ कारमा आगोसमेत लागेको थियो। दुर्घटनालगत्तै पन्तलाई रुडकीको सक्षम अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको उपचार सम्भव नभएपछि देहरादुनस्थित मैक्स अस्पताल लगिएको हो।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)