हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतीय योगगुरुब्दारा प्रतिष्ठनालाई सहयोग

 

Advertisement

कमला भट्टराई-झापा/ भारतीय योगगुरु रवि शंकरको नेपाल स्थित योग तथा आध्यात्मीक संस्था आर्ट आफ लिभिङले कोरोना संक्रमीतको परिक्षण तथा उपचारमा संलग्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्साकर्मीका लागि ५० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पीपीई प्रदान गरेको छ ।

Advertisement

उक्त सुरक्षा सामाग्री प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले संस्थाको धरान सेन्टरकी संयोजक, प्रशिक्षक पार्वती श्रेष्ठबाट बुझिलिएका हुन् । डा.साहले वीपीमा संकटको बेला सहयोग स्वरुप प्राप्त पिपिईले स्वास्थ्यकर्मी लाई राहत पुग्ने बताए ।

उक्त अवसरमा धरान वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रबिण), संस्थाका प्रशिक्षक सरस्वती श्रेष्ठ, पार्बती श्रेष्ठ, जनक खडका लगायतको उपस्थिति थियो ।

नेपालमा कोरोना संक्रमण बढेपछि स्वास्थ्यकर्मीका सुरक्षाका लागि आर्ट अफ लिभिङ केन्द्रीय महासचिव सन्दीप शाहको सकृयता संस्थाले कुल ५०० थान पिपिई स्वास्थ्य संस्थाहरु लाई वितरण गरेको बताइएको छ । सोही मध्ये ५० थान वीपी लाई प्रदान गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)