समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

भालुखोलामा डाइभर्सन बग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

झापा, १९ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काईमाई र दुधे बीचको भालुखोलामा बनेको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको छ। लगातार परेको वर्षाका कारण खोलाको पानीले डाइभर्सन बगाएको जनाइएको छ।

डाइभर्सन बगाएसँगै सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ। पूर्वी झापा हुँदै यात्रा गर्ने सवारी साधनहरू सडक किनारमै अलपत्र परेका छन्।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार सडक मर्मत र डाइभर्सन पुनर्निर्माणको प्रयास भइरहेको छ, तर खोलाको पानी घटेपछि मात्र ट्राफिक सुचारु गर्न सकिने अनुमान गरिएको छ।

स्थानीयहरूले शीघ्र वैकल्पिक व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)