हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भीम रावलको जवाफ म ओलीसँग जेल पर्दा सूर्य थापा तपाई १० महिनाको शिशु हुनुहुन्थ्यो ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु भीम रावल र सूर्य थापाबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ । नेता रावल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनले सरकारका गलत कामका बारेमा आलोचना गर्दै आएका छन् । तर, सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा भने रावलको विरोध गर्न लागिपरेका छन् । उनले सुरुदेखि ने रावलको विरोध तथा आलोचना गर्दै आएका छन् ।

Advertisement

रावललाई थापाले ‘तपाईको कविताअनुसार चल्नुपर्ने हो रु’ भनेर कटाक्ष गरेका थिए । तर, रावलले थापालाई जवाफ फर्काउँदै भनेका छन्,‘‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो। अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखेँ र आन्दोलनमा नेतृत्व गरेँ भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो ।

Advertisement

मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई “राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुँडा टेकुवा नीति मुर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो । मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त रु के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धकेलिनै लागेको हो त रु म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)