नेपाली कांग्रेसभित्र देखिएको विवादका कारण प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता मिति सर्न सक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री कार्कीले आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाएकी छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने उक्त बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता यही माघ ६ गतेका लागि तोकिएको छ। तर, केही राजनीतिक दलहरुले आन्तरिक तयारी नसकिएको जनाउँदै मनोनयन दर्ताको समय पछि सार्नुपर्ने माग गरेका छन्।

यस विषयमा सरकार र निर्वाचन आयोगबीच के कस्तो निर्णय हुन्छ भन्ने चासो बढेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार