प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।उक्त बैठक मन्त्रिपरिषद्को नियमित बैठक रहेको बालुवाटार स्रोतले बताएको छ । बैठकले राजदूत नियुक्तिको विषयमा निर्णय गर्न सक्ने बुझिएको छ । त्यस्तै बैठकले समसामयिक विषयमा छलफल गर्ने निर्णय पनि गरेको छ । यसैगरी, मन्त्रिपरिषदले केही महत्वपूर्ण निर्णयहरु पनि गर्ने तयारी रहेको बालुवाटार स्रोतले बतायो ।

यस्तै आज साँझ ५ बजे पाँच दलीय गठवन्धनको पनि बैठक बस्ने भएको छ ।
