हेमन्त मैनाली – मलेसिया । गैर आवासीय संघ मलेसिया (NRNA) को हुन लागेको निर्वाचनमा ICC सदस्य तथा पुर्व अध्यक्ष महेन्द्र जंग शाहले उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।

उनले २०२१-२०२३ को लागि अध्यक्ष पदम उम्मेद्बारी दिने घोषणा गरेका हुन । मलेसियामा १८ बर्ष देखि व्यवसाय गर्दै आएका शाह निडर तथा हक्की स्वभाव भएका कालिकोट जिल्लाका हुन ।

नेपाली काङ्ग्रेससंग आवद्ध शाहको उम्मेद्बारीले अरु देखिएका उम्मेद्बारहरु कमजोर देखिएका छ्न । मलेसिया NRNA को नेतृत्व लिन १ दर्जन जतिले उम्मेद्बारी दिने घोषणा गरि सकेका छ्न ।

मलेसिया NRNA को चावीको रूपमा रहेका एसिया प्यासिफिक क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपानेको साथले भावी अध्यक्ष कस्लाई बनाउने हो निक्योल गर्ने छ ।

मलेसिया प्रवेश सगै गरेको सहयोग र हालको उचाईमा न्यौपानेलाई पुर्याउनुमा शाहको भुमिका महत्त्वपूर्ण रहेकोले पनि न्यौपानेको सहयोग शाहलाई हुनेमा शाही ढुक्क छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार