हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मलेसियामा नयाँ प्रधानमन्त्री नियुक्त

मलेसियाका राजाले इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। शुक्रबार राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले ६१ वर्षीय याकोबलाई प्रधानमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ।

Advertisement

संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएका थिए। उनी प्रधानमन्त्री हुँदा याकोब उपप्रधानमन्त्री थिए। मलेसियाको राजदरबारले जारी गरेको विज्ञप्तिअनुसार २२२ मध्ये ११४ जना सासंदले याकोबलाई समर्थन गरेका छन्।

Advertisement

युनाइटेड मलेज नेशनल अर्गनाइजेसन पार्टीका वरिष्ठ नेता याकोबले यासिनको क्याबिनेटमा रक्षा मन्त्रीसमेत भइसकेका छन्। याकोबले बहुमत भएको पुष्टि गर्न सदनमा विश्वासको मत लिनुपर्ने राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)