समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

मलेसियामा नेपाली सुरक्षा गार्ड बिरालो दुर्व्यवहारमा दोषी, ३ वर्ष जेल सजाय

सरोज दाहाल , कोलालम्पुर । मलेसियामा बिरालोलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३३ वर्षीय नेपाली सुरक्षा गार्ड अरमान शाहलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ।

मजिस्ट्रेट वान नूरा निसा न्गादिरिनले अरमानलाई अध्यागमन अपराध र अर्धनग्न भएर सार्वजनिक स्थानमा अनुचित व्यवहार गरेको आरोपमा फरक–फरक सजाय तोकेकी छिन्। आरोपीले आफू अविवाहित रहेको र मासिक २,३०० रिंगिट कमाएको दाबी गर्दै कम सजायको निवेदन दिएको थियो।

विज्ञापन (Advertisement)Advertisement

पशु कल्याण ऐन २०१५ अनुसार अदालतले अधिकतम तीन वर्षको जेल सजाय वा १००,००० रिंगिट जरिवाना वा दुवैको व्यवस्था छ। अनुसन्धानमा पाइएको छ कि अरमानले मादक पदार्थ सेवनको अवस्थामै बिरालोलाई दुर्व्यवहार गरेका थिए। अदालतले मुद्दाको पूर्ण तथ्य प्रस्तुत गर्न र सजाय सुनाउन डिसेम्बर ८ तारिख तोकेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)