काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेपालका कम्युनिष्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूर्णता दिने बताए ।