समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

मेचीनगर–१० रामघाटमा पुरुष मृत अवस्थामा फेला

झापा — मेचीनगर नगरपालिका–१० रामघाटस्थित सिँढीमा एक पुरुष मृत अवस्थामा फेला परेको घटना सार्वजनिक भएको छ। स्थानीयले शव देखेपछि ९ गते बिहान करिब ७:२० बजे प्रहरीलाई खबर गरेका थिए।

मृतक मेचीनगर–१० खयरडाँगी बस्ने वर्ष ५५ का काजि कुमार कार्की भएको इलाका प्रहरी कार्यालय धुलाबारीले पुष्टि गरेको छ।
कार्की रामघाटको सिँढीमा कोल्टिँदै (downfall) मृत अवस्थामा फेला परेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

खबर पाएसँगै प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपामा पठाएको छ।

प्रहरीका अनुसार हालसम्म घटनाको कारण खुलेको छैन।
थप अनुसन्धान जारी रहेको झापा प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)