समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

मेचीनगरमा लागूऔषधसहित कमल गाउँपालिकाका नवराज भट्टराई पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थित संगिता चोक क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। २०८२ साल चैत २४ गते दिउँसो साढे ३ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका कमल गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्षीय नवराज भट्टराईलाई नियन्त्रणमा लिएको हो।

​प्रहरीले भट्टराईमाथि शंका लागेर शरीर खानतलासी गर्दा उनको साथबाट प्लास्टिक बाहेक ६ ग्राम ७५० मिलिग्राम तौल भएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो। बरामद गरिएको उक्त अवैध पदार्थसहित भट्टराईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। लागूऔषधको ओसारपसार र कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)