हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मोर्चाको अगुबाईयामा राष्ट्रीय नागरिक आन्दोलन तिब्र

हल्दिबारी न्यूज डेक्स ,बिर्तामोड l राई जनतांत्रिक मुक्ति मोर्चाले बिज्ञप्ति मार्फत हाम्रो महान क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा”को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ ।

Advertisement

दशकौंदेखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, लूट-खसोट, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतु जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुन अपिल गरेको छ ।

Advertisement

मोर्चाका अध्यक्ष मनोज कुमार झाव्दारा हस्ताक्षरित बिज्ञप्तिमा बाँके जिल्ला गाविस. मटेहिया -८ (हाल जिल्ला बाँके नरैनापुर गाउँपालिका वाड नं ५) बस्ने शोभाराम यादव एवं श्रीमती फुलवाना यादवका सुपुत्र क्रान्तिकारी समाजसेवी चिकित्सा सेवामा क्रियाशील लामो समयदेखि राष्ट्र बचाउ अभियानमा सक्रिय भुमिका निर्वाह गर्दै राष्ट्रिय नागरिक आन्दोलनमा उल्लेख्य योगदान गर्दै आएका ” सुरज यादव” लाई आजैको मितीदेखि लागुहुने गरि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” , “राष्ट्रिय नागरिक आन्दोलन” एवं “राष्ट्र बचाउ अभियान” अन्तर्गतको युवा संगठन “जनतान्त्रिक युवा संघ” को बाँके जिल्ला “जनपरिचालन एवं संगठन ब्यवस्थान” को जिम्मेवारीमा मनोनयन गरेको उल्लेख छ ।-रेणु कौशल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)