हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

युवा उद्योगी आदित्य पराजुलीको अध्यक्षतामा भद्रपुरमा क्रिकेट संघ गठन

भद्रपुर ३,चैत / युवा उद्योगी आदित्य पराजुलीको अध्यक्षतामा भद्रपुर क्रिकेट संघ गठन भएको छ। आठ नम्बर वडा कार्यालयमा बुधबार भएको खेलप्रेमीहरूको भेलाले १७ सदस्यीय भद्रपुर क्रिकेट संघ र ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

Advertisement

समितिको उपाध्यक्षद्वयमा उद्यमी मनोज श्रेष्ठ र राजन भट्टराई, महासचिव टहलदास मैनाली,सचिव शिवु बुढाथोकी र कोषाध्यक्षमा अजय साहेवाला रहनुभएको छ। त्यस्तै, सदस्यहरूमा विशाल राई, शेखर खड्का, अङ्कित सुवेदी, सागर कार्की, प्रवेश कामती, विपिन महतो, गिरिश शाक्य, भरत गुरुङ, कविन राई, स्मिज ढकाल र प्रज्ज्वल राई लगायत हुनुहुन्छ।

Advertisement

भद्रपुर नगरप्रमुख गणेश पोखरेल र ८ नं.वडा अध्यक्ष गौरव सुव्वा-मनोज संरक्षक रहने गरी गठन गरिएको संघको सल्लाहकारमा छत्रप्रसाद अधिकारी, टीकाराज ढकाल, किशोर पराजुली, प्रकाश अधिकारी, राजेश गुप्ता र दिपेश ढकाल रहनुभएको छ।

सोही भेलाले नव गठित भद्रपुर क्रिकेट संघलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर आधिकारिक संस्थाको रूपमा चलायमान बनाउँदै छिट्टै स्तरीय क्रिकेट प्रतियोगिता गराउने लक्ष्य राखेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)