हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रणवीर कपुर र आलिया भट्टले यसै महिना विवाह गर्दै

१ बैशाख २०७९ l भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरबीच बिहीवार हुने विवाहबारे व्यापक चर्चा भइरहेको छ।

Advertisement

यी दुवै कलाकारको नाम ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ। दर्शक तथा शुभचिन्तकहरूले उनीहरूलाई शुभकामना दिइरहेका छन्।

Advertisement

हुन त विवाह कुनै व्यक्तिको निजी जीवनसँग जोडिएको विषय हो तर यो विवाहको केही फरक महत्त्व छ। किनकि एक समय थियो जब हिन्दी चलचित्रका अभिनेत्रीहरूले विवाह र करिअरमध्ये एउटा मात्र रोज्न पाउँथे।

पछिल्ला केही वर्षमा करिना कपुर, अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियङ्का चोपडा, कट्रिना केफ र अहिले आलिया भट्टको विवाहले यसलाई केही सामान्यीकरण गरिदिएको छ।

तर ८० को दशकदेखि नयाँ शताब्दीको पहिलो दशकसम्म केही यस्ता घटनाक्रम भए जसमा अभिनेत्रीहरूको विवाह र मातृत्वका कारण करियरमा आएको उतारचढाव प्रस्ट देखिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)