काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने महान्यायवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ।

बुधबार न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

महान्यायवक्ताले रविविरुद्ध दायर भएको मुद्दा फिर्ता लिएको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल) लगायतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार