हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘राज्यका कुनै पनि निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्छ’:नायिका रेखा थापा

काठमाडौँ। लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलाहरु सचेत र सक्षम मान्छे भएर बाँच्न सक्नुपर्ने धारणा राखेकी छन्।

Advertisement

११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नायिका थापले उक्त धारणा राखेकी हुन्।

Advertisement

उनले भनिन, ‘महिला हाम्रो पहिचान हो। यही पहिचानका आधारमा विभेद खेप्नुपर्ने रु हेपिनुपर्ने रु थिचिनु पर्ने रु कुनै कारण छैन। संसददेखि सडकसम्म महिलाहरुलाई उपहारको वस्तुका रुपमा लिनुको कारण के हो रु स्वयं हामी महिलाहरु आफू सक्षम बन्न सकेनौं कि रु यसमा हाम्रो ध्यान जान जरुरी छ।’

नेपाली कांग्रेस सचेतक पुष्पा भुसाल, राजपाकी महामन्त्री चन्दा चौधरी र नेकपाकी नेता कोमल वली सहभागी रहेको उक्त कार्यक्रममा नायिका थापाले आरक्षण र किष्टिमा पाएको पदले महिला मुक्ति सम्भव नरहेको दाबी गरिन्।

उनले भनिन्, ‘अपवाद बाहेक संसददेखि सडकसम्म हामी महिलालाई दर्शकको रुपमा उपस्थिति गराइन्छ। संसदको लागो गलायो, लिपिस्टिक लगायो। संसदमा गयो, तालि बजायो, बस्यो। यसरी महिला मुक्ति हुन्छरु हामी जहाँ छौँ त्यहाँ प्रभावकारी भूमिका खेल्नुपर्छ। व्यक्तिगत रुपमा मैले यो कुरा भनिरहेकी छैन। बजारका महंगा होटलहरुमा महिला मुक्तिका बारेमा चर्को स्वरले बोल्दैमा ति गाउँवस्तिका मानिसहरुको जीवनको वास्तविकता सम्बोधन हुँदैन। भइरहेको छैन। कारण त्यहि हो हामी उपहारको पदको आस गरिरहेका छौं। हामीभित्र डर छ। त्यो डरलाई हटाउन सक्नुपर्छ।’

नायिका थापाले कानूनी रुपमै महिलालाइ विभेदमा पारिएको भन्दै राज्यका कुनै पनि निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्छमा जोड दिएकी छन्। उनले भनिन्, ‘नेपालमा पुरुषभन्दा महिला बढी छौं। हामीले नै मतदान गरेर पुरुषलाई जिताउनु पर्छ। अनि हामीले नै कोटा रोज्नुपर्ने रु यो चलन कहिलेसम्म रु यो सब के का लागि रु यदि हामीलाई साच्चै महिला मुक्ति चाहिएको हो भने, यदि हामी महिला अधिकारका लागि लडिरहेको दाबी गर्छौ भने आगामी चुनावमा मतदान वहिष्कार गरेर हेरौं। मातृ सत्ताको आवश्कता हो भने प्रत्यक्ष निर्वाचित महिला राष्ट्रपति वा प्रधानमन्त्री जे सुकै भए पनि चुनाव लडेर संसदमा पुगौं। किस्टिमा दिइने पद चाहिदैन भन्न सकौं। हामीले यो कुरा भन्न सक्ने कि नसक्ने रु ‘

२१औँ शताब्दिका नारीहरुले चुनौती खडा गर्न सक्नुपर्ने बताउँदै उनले भनिन्, ‘अब यो देश हामी चलाउछौं, हामीलाई जनताका बीचमा जानबाट कसैले नरोक, हामी जनताकै बीचबाट मातृसत्ताको लागि मत लिएर आउँछौं, नभए मतदान वहिष्कार गछौं भनौं अनि कसरी पुरुषले सक्ता सञ्चालन गर्छन् रु सरकारमा कुनै पनि महिला सहभागि नबनौं। यो खालको दवाव र्सिजना गर्न सक्छौं रु मेरो पश्न हामी महिलामाथि हो। हामी आफूलाई सशक्त ढंगले उभ्याउन सकौं। हामी जातमा होईन क्षमतामा विश्वास गर्न सकौं। पुरुष सक्ताको कार्टुन बन्नबाट जोगियौं। हाम्रो मनभित्रको डरपोक सत्ता छ त्यसलाई भत्काऔं अनिमात्रै महिलामुक्ति सम्भव हुनेछ।’

उनले अगाडि भनिन्, ‘हामी पुरुषसँग बराबरी हुन चाहन्छौ भने यस्ता नारी दिवस नबनाऔं। हामी आफूलाई परिमार्जित गर्न सकौं। लडेर भिडेर चुनौतीको सामना गरेर पुरुषसँग प्रतिष्पर्धा गरौं। मेरो भन्नु यत्ति हो कि संसददेखि सडकसम्म छोरीलाई छोरी बन्नको लागि तालिम दिईन्छ। यो एक कुप्रथा हो यसको अन्त्य गरौं। तालिम बन्द गरौं। खास पीडित महिला गाउँमा छन्। उनीहरुलाई न त राज्यले छोएको छ। न त कानूनले सम्बोधन गरेको छ।’

महिलालाई हेर्ने दृष्टि र चेतनामा परिवर्तन नआएसम्म संवैधानिक व्यवस्थाले मात्रै महिलामुक्ति सम्भव नरहेको नायिका थापाको दाबी छ। उनले भनिन्, ‘गाउका महिलाहरुले कहरको जिन्दगी विताइ रहेका छन्। सुत्केरी हुन नसकेर मृत्यु वरण गरिरहेका छन्। प्राण घातक रोगहरुसँग लडिरहेका छन्। दुईछाक खान र बस्नका लागि संघर्ष गरिरहेका छन्। सामाजिक जागरणका क्रममा म विकटदेखि बजारका महिलासँग नजिक हुन्छु। त्यतिबेला लाग्छ केही महिला राज्यको ठूलो पद र सत्तामा पुग्दैमा आम महिलाको न्याय र समस्याको सम्बोधन हुँदैन रहेछ। यस अभियानमा मैले देखेका र भोगेका कुराहरुले यति भन्छ कि हामी महिला होईन सक्षम मान्छे भएर बाँच्नुपर्छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)