सांसद र मन्त्री पदबाट पदमुक्त भएकै दिन रामबहादुर थापा पुनस् गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले आइतबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । पुर्ननियुक्ति पाएका थापालाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

थापाले दल त्याग गरेको भनी माओवादी केन्द्रले दिएको सूचना सूचनापत्रमा प्रकाशित भएपछि आइतवार थापा राष्ट्रिय सभा सदस्य र मन्त्री दुवै पदबाट पदमुक्त भएका थिए ।​​​

त्यसको केही घण्टा नबित्दै प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई गृहमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार