हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राम्रो काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्छौं : प्रचण्ड

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् । पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई कारबाही गर्ने जनाए ।

Advertisement

भक्तपुरमा विहीबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट अगाडि बढेका छौं ।’

Advertisement

माओवादीबाट केन्द्र र प्रदेशका सरकारमा सहभागीलाई त्यस्तो जानकारी गराइएको पनि उनको भनाइ थियो । पार्टीबाट समावेशी रूपमा पठाइएका मन्त्रीहरूले काम दीर्घकालीन रूपमा अगाडि बढाएको पनि प्रचण्डको भनाइ थियो ।

तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगिएको उनको भनाइ थियो । ‘हिजो घोषणापत्र हामीले नै बनाएको हो । राम्रा(राम्रा कुरा छन् । तर लागू गर्ने बेलामा ठीक उल्टो गरे,’ उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)