हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रघाति एमसीसीविरुद्ध ‘विप्लव’ नेतृत्व नेकपाको झापामा विरोध प्रर्दशन

भद्रपुर। नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध विरोध प्रर्दशन गरेका छन् । ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेका हुन ।

Advertisement

Advertisement

नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरुले शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै राष्ट्रघाति एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधनिताको रक्षा गर, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नाराबाजी गरेका थिए । प्राधिकरण अगाडीबाट सुरु भएको र्याली सदरमुकामको सरकारी कार्यालय हुँदै लेखनाथचोक, चन्द्रगढी बजार परिक्रममा गर्दै कृषि बैंक अगाडी आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव तारा थापा (प्रशान्त)ले एमसीसी राष्ट्रघाति सम्झौता भएको भन्दै यसकोविरुद्ध सबै जनता सडकमा उत्रिनु पर्ने बताए । देशका नेताहरुलाई राष्ट्रको ढुकुटी लुटेर नपुगेको आरोप लगाउँदै उनले भने, ‘जनताबाट चन्दा संकलन गरेर नेतालाई सहयोग गरौंला, तर राष्ट्रघाति सम्झौता कुनै पनि हालतमा गर्न दिँदैनौं ।’

राष्ट्र जनजागरण मञ्च नेपालका केन्द्रीय संयोजक सुरेन्द्र कार्कीले समाजवाद र प्रजातन्त्रको नारा लगाएर सरकारमा गएको काँग्रेस आज सत्तामा पुगेपछी देश बेच्न लागी परेको आरोप लगाए । उनले एमसीसी सम्झौता इष्टइण्डीया कम्पनीको नमुना रहेको भन्दै अमेरिकाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्न लागि परेको उल्लेख गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)