काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका थिए। त्यसपछि प्रधानमन्त्री बैठकबीच राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















