हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ११ महिना अगाडि

रास्वपा उम्मेदवार डा. लेखजंग थापा रुपन्देही–३ उपनिर्वाचनको मैदानमा

काठमाडाैँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्।

Advertisement

कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार घोषणा गरे। उपनिर्वाचनका लागि उनीसहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।

Advertisement

उम्मेदवार चयनका लागि रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो।

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन्। उनी नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो अनुभव राख्छन्। हाल नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख छन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)