समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम निर्वाचन आयोगमा पठायो

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जनाको नाम निर्वाचन आयोग नेपाल मा पठाउने निर्णय गरेको छ।
आइतबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम आयोगमा सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
पार्टीका अनुसार खसआर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, दलितबाट ८ जना, मधेसीबाट ९ जना, थारूबाट ४ जना र मुस्लिम समुदायबाट ३ जना गरी कुल ५७ जनाको नाम सिफारिस गरिएको हो।
रास्वपाको केन्द्रीय कार्यालयले कर्मचारी तथा सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र आयोगमा नामावली बुझाइने प्रवक्ता झाले बताए।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबारसम्मको समय दिएको थियो। पार्टीले पठाएको नाम क्लस्टरअनुसार नमिलेमा आयोगले आवश्यक हेरफेर गर्न सक्ने रास्वपाले जनाएको छ।
खसआर्यतर्फ (१७)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ।
आदिवासी जनजातितर्फ (१६)
बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरूङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा।
मधेसीतर्फ (९)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, सुनिता कुमारी चौधरी, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण।
दलिततर्फ (८)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र परियार।
थारूतर्फ (४)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।
मुस्लिमतर्फ (३)
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)