समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।

चौधरीविरुद्ध उजुरी परेपछि आयोगले कानुनी आधारमा उम्मेदवारी अमान्य ठहर गरेको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइए पनि मुलुकी संहिताअनुसार त्यसले राजनीतिक अधिकार पुनःस्थापना नगर्ने भएकाले उम्मेदवार बन्न नमिल्ने ठहर गरिएको हो ।

विज्ञापन (Advertisement)Advertisement

“जन्मकैदको सजाय पाएको व्यक्ति राजनीतिक दलको सदस्य समेत बन्न नमिल्ने व्यवस्था भएकाले उहाँको उम्मेदवारी खारेज गरिएको हो,” घिमिरेले भने ।


टीकापुर हत्याकाण्डमा दोषी ठहर भई सर्वोच्च अदालतबाट सजाय कायम भएका चौधरीले यसअघि राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर निर्वाचन आयोगले प्रचलित कानुनअनुसार उनको उम्मेदवारी अस्वीकृत गरेको जनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)